
काठमाडौं, १ साउन । आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको छ ।
स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल दोस्रो पटक भिड्न लागेको हो । यसअघि भएको स्कटल्याण्डविरुद्धको पहिलो खेलमा नेपालले जित हासिल गरेको थियो ।
नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो । स्कटल्याण्डविरुद्ध आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । पवन सर्राफ, आदिल अन्सारी र बसिर अहमदलाई परिवर्तन गरेको हो ।
पवनको स्थानमा करण केसी, आदिलको स्थानमा विनोद भण्डारी र बसिरको ठाउँमा किशोर महतोले मौका पाएका छन् । किशोरले भने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न लागेका हुन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




