४५७ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

-



     सफल आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ साउन । पछिल्लो २४ घण्टामा देशभर ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना सङ्क्रमणबाट एक जना४५७ जनामा कोरोना सङ्क्रमण, एकको मृत्युको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पीसीआर तथा २ हजार ३१० जनाको एन्टिजेन विधिबाट गरी जम्मा ४ हजार ६५१ जनाको नमूना परीक्षण गरिएको हो ।

यस्तै ४८ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ९८ हजार ९  सय जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रलयको तथ्याङ्क छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ रहेको र अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

सङ्क्रमितहरु मध्ये होम आइसोलेशनमा १ हजार ७०१,  संस्थागत आइसोलेशनमा ७५, आइसीयूमा १५ र भेण्टिलेटरमा १ रहेका छन् ।