
काठमाडौं, ५ साउन । पछिल्लो २४ घण्टामा देशभर थप ४३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५३७ पुगेको छ । काठमाडौँ जिल्लामा ५ सय जनाभन्दा बढी सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् भने सोफ अवधिमा ५६ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार होम आइसोलेशनमा दुई हजार ३९६, संस्थागत आइसोलेशनमा १४१ र सघन उपचार कक्षमा १९ जनाको उपचार भइरहेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




