अरूण थापा स्मृति सम्मानद्वारा वरिष्ठ गीतकार अधिकारी सम्मानित

-



     सफल आवाज    
     श्रावण ७ गते २०७९ मा प्रकाशित



भक्तपुर, ७ साउन । चर्चित गायक तथा सङ्गीतकार अरूण थापाको २३औँ स्मृति दिवस २०७९ का अवसरमा आज पाँचौँ अरुण थापा स्मृति साँझ आयोजना गरियो ।

भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो ‘पाँचाैं अरुण थापा स्मृति साँझ’मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यलगायतले थापाका चर्चित गीत गाए।

त्यस्तै उनीहरूलाई वाद्यवादनतर्फ कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले साथ दिएका थिए ।

कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई अरूण थापा स्मृति सम्मान प्रदान गरियाे। कार्यक्रममा समाजका सचिव अल्बर्ट बज्राचार्य, वरिष्ठ गीतकार सुभाषचन्द्र ढुङ्गेलले कार्यक्रमको महत्वमाथि प्रकाश पारेको समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए।