
काठमाडौं, ९ साउन । बागमती प्रदेशमा कोरोनो सङंक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । दुई हप्तायता देशभर नै कोरोना सङ्क्रमित वृद्धि हुने क्रम देखिएकामा बागमतीमा पनि त्यही प्रवृत्ति देखिएको हो । केही समययता सर्वसाधारणले कोरोनासम्बद्ध स्वास्थ्य मापदण्ड पालना गर्न कम गर्न थालेकाले यो प्रवृत्ति बढेको बुझिएको छ ।
बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए । उनले भने, ‘सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ उपत्यकामा उच्च रहेका छन् ।’
उनले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनका साथै स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका छन् ।
दासका अनुसार देशभर कोभिडका बिरामी बढेसँगै महामारी निदानका लागि २ हजार ८०० को हाराहारीमा आईसियू तथा १ हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकिएको छ ।
‘कोभिड कारण आर्थिक हानी मात्रै होइन ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ, मुलुकवासी ४३ प्रतिशतमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ’, उनले थपे ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




