५ सय ६८ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षणका दुई विधि पीसीआर र एन्टिजेन गरी ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ५ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यो आँकडासँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ३४ पुगेको छ । केही समययता थपिने सङ्क्रमितको सङ्ख्या बढिरहेको र निको हुनेको सङ्ख्या घटिरहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ६३ हजार ३ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।