गत आर्थिक वर्षमा कति बढ्याे बैंकहरूकाे नन बैंकिङ एसेट ?

-



     सफल आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० साउन । वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) बढेको छ ।नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै गैर बैंकिङ सम्पत्ति बढेको देखाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको गैर बैंकिङ सम्पत्ति १३.२१ प्रतिशतले बढेको हो ।

सरकारी स्वामित्वमा रहेका बैंकहरूको गैर बैंकिङ सम्पत्ति भने १४.२३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरूसँग कुल ६ अर्ब ७७ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ ।

नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रका वाणिज्य बैंकहरूसँग ६ अर्ब ३२ करोड ९० लाख रुपैयाँको नन बैंकिङ एसेट छ भने सरकारको स्वामित्व रहेको बैंकहरूको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ ।

यस्तै, आर्थिक वर्ष ७६/७७ मा ५ अर्ब ५४ करोड ९० लाख रुपैयाँ र सरकारी स्वामित्वको बैंकहरूको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट थियो ।