
काठमाडौं, १० साउन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तथा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेपालमा मङ्कीपक्सको जोखिम रोक्नका लागि आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकमा महत्वपूर्ण सार्वजनिक महत्वको विषयबारे समय मागेर बोल्दै भट्टराईले मङ्कीपक्सबारे जनस्तरमा सचेतना फैलाउन र सीमा नाकामा कडाई गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘मङ्कीपक्सले विकसित मुलुकलाई आक्रान्त तुल्याएको छ । नेपाल सरकारले यसबारे सार्वजनिक ढङ्गले सुसूचित गरेको छैन । सीमामा साइनबोर्ड, विमानस्थलमा सचेतना सन्देश राखिएको छैन । खुला सिमाना भएकाले भारतमा समेत देखिइसकेकाले बेलैमा पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन सरकारसमक्ष माग गर्दछु’, सांसद भट्टराईले भने ।
यसैक्रममा काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढेकोमा समेत उनले आवश्यक सुरक्षा सतर्कता अपनाउन ध्यानाकर्षण गराउदै उनले कोभिडको नयाँ प्रजाति देखिएकाले त्यसको नियन्त्रणबारे सदनलाई जानकारी गराउन सरकार समक्ष मागसमेत गरे ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




