६३८ कोरोना सङ्क्रमित थपिए, २ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६३८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ५ हजार ५५ नमूनामध्ये परीक्षण गरिएकामा ६३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार २१५ जना तथा एन्टिजेन विधिबाट २ हजार ८४० नमूनाको परीक्षण गरिएकामा पीसीआरबाट ४ सय र एन्टिजेनबाट २३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो आँकडासँगै हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार यस अवधिमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने २ लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।