
कैलाली, ११ साउन । एचआईभी सङ्क्रमितले लिँदै आएको एआरटी सेवा लिनेको सङ्ख्या कैलालीमा बढ्दै गएको छ । गत आर्थिक वर्षमा मात्र कैलालीमा उक्त सेवा लिनेको सङ्ख्या १ हजार ६३२ पुगेको छ ।
यस जिल्लामा एआरटी सेवा लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा धेरै हो। आर्थिक वर्ष २०७७-७८ मा कैलालीमा तीन ठाउँबाट एआरटी सेवा लिनेको सङ्ख्या १ हजार ५६० रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा आइपुग्दा यो सङ्ख्या बढेर १ हजार ६३२ पुगेको हो ।
टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरबाट ५४८ जना एचआइभी सङ्क्रमितले सेवा लिइरहेका र तीमध्ये २५ जना १४ वर्ष मुनिका बालबालिका र अन्य वयस्क नागरिक रहेका बुझिएको छ ।
अघिल्लो आव २०७७/७८ को असार मसान्तसम्म ५२७ जनाले टीकापुर अस्पतालबाट एआरटी सेवा लिइरहेकामा एक वर्षको अवधिमा २१ जना नयाँ एचआइभी सङ्क्रमितले सेवा सुरु गरेको तथ्याङ्क छ ।
यस अस्पतालमा २०६४ सालबाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म ९३८ जना एचआइभी सङ्क्रमित सम्पर्कमा आएका छन् । उनीहरूमध्ये १५९ जनाको मृत्यु भएको, १६४ जना यहाँबाट बाहिर गएका, ६७ जनाले औषधि खान छाडेको र ५४८ जनाले अहिले पनि सेवा लिइरहेका टीकापुर एआरटी सेन्टरका काउन्सिलर सोफिया विकले जानकारी दिइन् ।
‘कोही बसाइँसराइ गरी गएर पनि छाडेका छन्, बसाइँ सरी गएकालाई गएको ठाउँबाट सेवा लिन भनेका छौं, उनले भनिन्, ‘हामीकहाँ नियमित सेवा लिने हुनुहुन्छ, उहाँहरूको सहजताका लागि सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले पनि सघाइरहनुभएको छ ।’
यस्तै मालाखेती एआरटी सेन्टरमा ९८ एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् । मालाखेती अस्पतालमा विसं २०७४ बाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म ११४ एचआइभी सङ्क्रमित सम्पर्कमा आएका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालित एआरटी सेन्टरबाट गएको असार मसान्तसम्म ९८६ जनाले एआरटी सेवा लिइरहेका छन् । अघिल्लो आवको असार मसान्तसम्म ९५३ जनाले सेवा लिइरहेका थिए । यो तथ्याङ्क हेर्दा सेती प्रादेशिक अस्पताल धनगढीबाट एआरटी सेवा लिने एचआइभी सङ्क्रमित एक वर्षको अवधिमा ३३ जना थपिएका छन् ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




