
बेइजिङ, १२ साउन । कोभिड-१९ को उद्गम मानिएको चीनको वुहान सहरमा ४ जनामा कोरोना संक्रमण भेटिएपछि जिआङ्जिया क्षेत्रमा लकडाउन गरिएको छ । लकडाउन गरिएको क्षेत्रका मानिसहरूलाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । उक्त सहरको जनसङ्ख्या १० लाख जति रहेको बताइएको छ ।
जिआङ्जिया क्षेत्रमा ४ जनामा कोरोना संक्रमण देखिएको तरउनीहरुमा कुनै पनि लक्षण नदेखिएको बताइएको छ। कोभिड-१९ विरुद्ध लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको चीनले ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चाल्दै आएको छ । यी उपायहरुका कारण तुलनात्मक रुपमा चीनले कोभिड-१९ बाट मृत्यु हुनेको संख्या निकै कम रहेको छ।
वुहान सहरमा जम्मा १२ लाख जनसंख्या रहेको र कोभिडको उद्गम भएका कारण त्यहाँ नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको छ। वुहान सहरमा दुई दिनअघि २ जनामा संक्रमण देखिएको र उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षण गर्दा थप २ जनामा संक्रमण पुष्टि भएको थियो ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




