
नयाँदिल्ली, १२ साउन । पछिल्लो २४ घण्टामा भारतका विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित थपिएका त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यसअघिका तीन दिन लगातार कोरोना सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा कम रहेकोमा पछिल्लो २४ घण्टामा भने २० हजार नाघेको स्थानीय अधिकारीहरुले बताएका छन् । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३९ लाख ५९ हजार ३ सय २१ पुगेको छ भने १ लाख ४६ हजार ३ सय २३ सक्रिय सङ्क्रमित रहेका बताइएको छ ।
उक्त अवधिमा भारतभरमा १९ हजार २१६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ करोड ३२ लाख ८६ हजार ७ सय ८७ पुगेको छ । यस्तै उक्त अवधिमा कोरोना सङ्क्रमणबाट ४४ जनाको मृत्यु भएको छ । यो आँकडासँगै कोरोनाबाट मृत्यु हुनेको ५ लाख २६ हजार २ सय ११ जना पुगेका बताइएको छ ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




