कोरोना सङ्क्रमण बढ्दै, थपिए ९१५ सङ्क्रमित

-



     सफल आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा  पीसीआर र एन्टिजेन गरी ६ हजार २ जनाको नमूना परीक्षण गरिएकोमा ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा ३ सय १ जना कोरोना सङ्क्रमित निको भएका पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ५ हजार ४ सय ३३ पुगेका छन् । मन्त्रालयका अनुसार यस अवधिमा ५५ हजार ५ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।