
काठमाडौं, २४ साउन । पर्यटन प्रवर्द्धनका लागि मुस्ताङको लोमान्थाङमा भदौ ११ गते गल्फ प्रतियोगिता गरिने भएको छ । समुन्द्र सतहबाट ४ हजार ६४५ मिटर उचाईमा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा रहेको ९ होलको गल्फ कोर्समा औपचारिक प्रतियोगिता आयोजना गरिन लागिएको हो ।
सोमबार प्रतियोगिताबारे जानकारी गराउनका लागि आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टले यस्तो जानकारी दिएका हुन् ।
कार्यक्रममा नेपाल गल्फ संघका अध्यक्ष तासी घलेले यो कोर्सलाई विश्वकै सर्वाधिक उचाईमा रहेको कोर्सको रुपमा विश्व रेकर्डमा राख्न प्रयास गरिने बताए । हालसम्म आधिकारिक रुपमा विश्वकै उचाईमा रहेको गल्फ कोर्स ३ हजार ९७० मिटरमा रहेको सिक्किमको याक गल्फ कोर्स लाई मानिन्छ ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले पर्यटकीय र नमुना गल्फ कोर्सको रुपमा विकास गर्न लोमान्थाङमा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले मुस्ताङको पर्यटनलाई चिनाउने अर्को माध्याम गल्फ हुने विचार व्यक्त गरे ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




