
काठमाडौं, २५ साउन । नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यामा हुने टी(२० र एक दिवसीय सिरिजको मिति सार्वजनिक भएको छ । नेपालले केन्यासँग आगामी अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म ५ म्याचको टी २० र ३ म्याचको एक दिवसीय सिरिज खेल्ने तय भएको छ ।
तालिका अनुसार पहिलो टी २० अगष्ट २५ मा र दोस्रो टी २० अगष्ट २६ मा हुने छ । यस्तै २८, २९ र ३० अगष्टमा लगातार ३ वटा टी २० आयोजना हुने छ । यस्तै एक दिवसीय सिरिजको रुपमा सेप्टेम्बर २ मा पहिलो खेल हुने तय तालिका छ ।
३ तारिखमा दोस्रो एक दिवसीय र ५ सेप्टेम्बरमा तेस्रो एक दिवसीय सकिएपछि नेपाली टिम स्वदेश फिर्ता हुने छ । यही सिरिजबाट नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले टिम सम्हाल्ने छन् ।
नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल रहेका छन् । यस्तै, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




