कोरोनाबाट ३ जनाको मृत्यु, थप ८६८ जनामा सङ्क्रमण

-



     सफल आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ६ हजार ७०५ जनाको नमूना परीक्षण गरिएकोमा ८ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा ४ सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणका कारण ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८५ पुगेको छ ।

कोरोनाविरुद्धको खोप लगाउने सङ्ख्या भने केही समययता उल्लेख्य बढ्दै गएको छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ ।