
काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा थप आठ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार छ हजार सात सय पाँच जनामा गरिएको परीक्षणमध्ये आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठसय ८५ पुगेको छ । काठमाडौं उपत्यकामा तीन सय जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा ५३, भक्तपुर १८ र काठमाडौँमा दुईसय २९ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। यस्तै आज कोरोना भाइरसबाट निको भइ चार सय १४ जना घर फर्किएका छन् । साउन एक गतेको सङ्क्रमण दर चार प्रतिशत रहेकामा आज १३ प्रतिशत पुगेको अधिकारीले बताए ।
तीन जनाको निधन
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको निधन भएको छ । हालसम्म ११ हजार नौसय ७७ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ ।
सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट र हुम्ला छन् । हाल होम आइसोलेशनमा पाँच हजार पाँच सय ७१ जना, संस्थागत आइसोलेशनमा दुई सय १४, सघन उपचार कक्ष (आइसियु)मा ६४ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




