
काठमाडौं, २९ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई तथा म्यानचेस्टर सिटीले बर्नमाउथलाई पराजित गरेका छन् । शनिबार राति भएको पहिलो खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले तथा दोस्रो खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई ४-० गोल अन्तरले पारजित गरेका हुन् ।
पहिलो खेलमा आर्सनका ग्याब्रियल जिससले दुई तथा ग्रानिट जाका र ग्याब्रियल मार्टिनेलीले समान १-१ गोल गरे । लेस्टरका तर्फबाट भने विलियम सालिबा र जेम्स म्याडिसनले १-१ गोल फर्काए । यो जितपछि आर्सनलको ६ अंक पुगेको छ भने लेस्टरको १ अंक मात्र छ ।
यसैगरी दोस्रो खेलमा म्यानचेस्टर सिटीका इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले समान १-१ गोल गरे भने अर्को १ गोल भनेे बर्नमाउथका जेफर्सन लेर्माका तर्फबाट आत्मघाती भएको थियो । जितसँगै सिटीको ६ अंक पुगेको छ भने बर्नमाउथको ३ अंक छ ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




