
काठमाडौं, १५ भदौ । केन्यसँगको पाँच टी-२० आई सिरिजको उपाधि नेपालले जितेको छ । मंगलबार भएको पाँचौं टी-२० आईमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज हात पारेको हो ।
नेपाललाई जित दिलाउने क्रममा ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङ सहायकसिद्ध भए । नेपालले टस जितेर ब्याटिङ गर्दै १ सय ७५ रनको बनाएकोमा केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४४ रन मात्र बनाउन सक्यो ।
केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । यसैगरी कप्तान शेम न्गोचे ३३ रनमा अविजित रहे भने नेल्सन पनि १३ रनमा अविजित रहे । विकेटकिपर इफरान करिमले २८ र कोलिन्स ओबुयाले २३ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई दुई तथा दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी र करण केसीले एक(एक विकेट लिए । नेपालका तर्फबाट रोहित पौडेलले ४७ तथा ओपनर अर्जुन साउदले २९ रन जोडे । पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लले ८ ओभरमा ६५ रनको साझेदारी गरेका थिए ।
तेस्रो नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे भने पवन सर्राफ १ रन, विवेक यादव २ रन र आदिल अन्सारी ४ रनमा आउट भए । बलिङतर्फ केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




