
पोखरा, १९ भदौ । पोखरामा क्लब स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदिपुरको आयोजनामा भदौ २२ देखि २५ गते सम्म क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ १० टिमको सहभागिता रहने भएको प्रशिक्षक एवं प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । पुरुषतर्फ प्रथम हुने टिमले १ लाख र दोस्रो हुने टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुने टिमले ४० हजार र दोस्रो हुने टिमले २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
टिम दर्ताका लागि पुरुषका लागि ६ हजार र महिलाका लागि ४ हजार शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताबाट ५ लाख आम्दानी हुने र ४ लाख ७५ हजार खर्च हुने अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए ।
प्रतियोगिता पोखरा–३ नदिपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने छ । १५ हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने संयोजक खड्काले बताए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




