
काठमाडौं, २० भदौ । घरेलु टाेली केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला क्लिन स्विप गरेको छ । केन्याको नैरोबीमा आज साँझ सकिएकाे अन्तिम खेलमा नेपालले ६ विकेटले तेस्रो दिनकाे खेल जितेपछि श्रृंखला क्लिन स्विप गरेको हाे।
केन्याले दिएकाे २५६ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा हाँसिल गरेको हाे । नेपालले ४७.१ ओभरकाे खेल खेल्दै गर्दा ४ विकेटको क्षतिमा २५८ रन बनाएको थियाे ।
नेपालका लागि आसिफ शेख, अर्जुन साउद र बसिर अहमदले अर्ध शतक हानेका थिए । पहिलो विकेट लिनका लागि आसिफ र अर्जुनले ७३ रन खर्चिएका थिए ।
आसिफले ५६ रन बटुले । अर्जुन र ज्ञानेन्द्र मल्लले दोस्रो विकेट लिनका लागि ८१ रनको साझेदारी याेगदान गरे। जसमा ज्ञानेन्द्रले ३३ रन बनाए । चौथो विकेट लिनका लागि कप्तान रोहित पौडेल र अहमदले ९५ रनको साझेदारी गरेकाेमा अहमदले ५२ रन बनाए । पौडेलले भने ४६ रन सफल भए ।
यसअघि टस जितेर ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियाे । जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रनको योगफल बनायो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले १११ बलमा सात चौका र दुई छक्काको मद्दतमा सो रन बनाएका हुन । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको योगदान दिए भने सुखदिप सिंहले ३७ रन बनाए । इमानुएल बुन्डीले २३ रन बनाउँदा कप्तान शेम एनगोचेले १७ रन जोडे ।
एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १७ रनले विजयी भएको थियो । त्यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ३–२ ले जितेको थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




