
काठमाडौं, २३ भदौ । नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत काठमाडौंमा आजदेखि सुरु भएको पुरुष क्रिकेट प्रतियोगितामा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्दै विजय हात पारेको हो । खेलमा पहिला ब्याटिङ गरेको एनआरएनले सुदूरपश्चिम प्रदेशलाई ७५ रनको लक्ष्य दिएकोमा सुदूरपश्चिमले जवाफमा ६ ओभरमा ६ विकेटकै क्षतिमा ६२ रनमात्र बनाउन सक्यो ।
वर्षाका कारण खेल मैदान भिजेपछि निर्धारित समयभन्दा ढिला शुरु भएको खेललाई ६ ओभरमा घटाइएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक १२ रनको योगदान दिए भने कप्तान राजु रिजालले ११ रन जोडे । त्यसैगरी बसन्त खत्रीले १० तथा शेर मल्लले आठ रन बनाए । लोकेन्द्र चन्दले सात, बसन्त कार्की र नारायण जोशीले समान ४-४ रन बनाए ।
बलिङतर्फ एनआरएनका आशिष पोखरेल र दिपक क्षेत्रीले समान ३-३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिए भने कप्तान सुमन गौतमले २५ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान २-२ विकेट लिए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता रहेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




