महिला साफ च्याम्पियनसिप अन्तर्गत आज भुटान र श्रीलंकाको खेल

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ भदौ । छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत आज समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

यो खेल भुटानका लागि दोस्रो खेल हुनेछ । उसको पहिलो खेलमा नेपालसँग ४-० ले पराजित भएको थियो । आजको आफ्नो दोस्रो खेलमा अंक हासिल गर्न नसकेको खण्डमा भुटान समूह चरणबाटै बाहिरिनेछ ।

श्रीलंकाको यो पहिलो खेल हो भने आजको खेलमा श्रीलंकाले जित हासिल गरेको खण्डमा श्रीलंका र नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता अन्तर्गत समूह ए मा सबै टोलीले १-१ खेल खेलेका छन् । भारतले पाकिस्तानमाथि ३-० को जित दर्ता गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।