
काठमाण्डौ, ३० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ७९० जनाको नमूना परीक्षण गरिएकोमा १ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
१ हजार ६७४ सय जनाको पीसीआर गर्दा ७५ जनामा तथा २ हजार ११६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ३७ कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ११९ मा झरेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाहरुको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




