बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित



बाजुरा, ३१ भदौ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप सञ्चालन गरेको छ । विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई दोस्रो चरणको खोप दिन लागिएको हो ।

जिल्लाभरका ५ देखि ११ वर्षमुनिका बालबालिकालाई दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार १ सय ७१ बालबालिकालाई खोप लगाउन लागिएको हो ।

कार्यालयले सूचनामार्फत् ती उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गरेको छ । पहिलो चरणमा फाइजर खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा दोस्रो चरणको खोप लगाउन लागेको कार्यालय प्रमुख चन्दको भनाइ छ ।

स्वास्थ्य कार्यालयले स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य संस्थामार्फत् सञ्चालन गर्ने गरी खोप पठाएको छ । पहिलो चरणमा खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा खोप लगाउन र उक्त खोपबाट नछुटाउने गरी आजदेखि सञ्चालन गर्न थालिएको हो । खोप नलगाउँदा कोरोनाको जोखिम उच्च हुने भएकाले बालबालिकालाई खोप लगाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।