१ सय १० जनामा कोरोना सङ्क्रमण

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ८२७ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजार ७५२ सय जनाको पीसीआर गर्दा ६० जनामा तथा २ हजार ७५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५० जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय २६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित २ हजार ६२ मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाहरुको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।