
काठमाडौं, २ असोज । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ । नेपाल पहिलो खेलमा भूटानसँग २–० गोअन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपाल कतारसँग ३–१ तथा तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । हारसँगै नेपालको एशियन कप खेल्ने सपना समाप्त भइसकेको छ । विभिन्न पाँच राष्ट्र सहभागी समूह ‘बी’ मा नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । त्यस्तै बङ्गलादेश भने दोस्रो जीतको खोजीमा छ ।
बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । बङ्गलादेशले भूटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो । यसैगरी भूटानले चार खेलमा तीन अङ्क जोडेको छ । यस समूहबाट आयोजक बहराइन र कतारमध्ये एक टोली समूह विजेता बन्दै सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एशियन कपमा स्थान बनाउनेछ ।
जारी छनोट खेलमा आयोजक बहराइनको सात अङ्क रहेको छ भने कतारको नौ अङ्क छ । करार र बहराइनबीचको खेल पनि आजै हुनेछ । उक्त खेल राति ११ः४५ बजे हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




