५९ जना कोरोना सङ्क्रमित थपिए, १ सय ६१ डिस्चार्ज

-



     सफल आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार ८८२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजार ७५३ सय जनाको पीसीआर गर्दा २५ जनामा तथा १ हजार १२९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट १ सय ६१ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैले ज्यान गुमाएका छैनन् । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित १ हजार ८३० मा झरेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाहरुको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।