
काठमाडौं, ४ असोज । छैटौं महिला साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ । उपविजेता बनेको टिमको हरेक खेलाडीले जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि अनुसार उनीहरुले नगद पुरस्कार पाउने भएका हुन् । कार्यविधिले दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था गरेको छ ।
मन्त्रिपरिषदबाट पारित भएको नयाँ कार्यविधि राजपत्रमा प्रकाशित हुन बाँकी छ । मन्त्रिपरिषदबाट पारित भएकाले यो कार्यविधिमा आधारित रहेर नै फुटबल खेलाडीले पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक साताभित्र उक्त कार्यविधि राजपत्रमा प्रकाशित हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




