बागमती प्रदेशमा डेँगुबाट एघार जनाको मृत्यु

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



हेटौंडा, ५ असोज । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेङ्गुबाट काठमाडौँमा ४, ललितपुरमा २, सिन्धुपाल्चोकमा २, मकवानपुरमा १, सिन्धुलीमा १ र धादिङमा १ जनाको मृत्यु भएको जानकारी दिए । प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेका बताइएको छ । तीमध्ये सबैभन्दा धेरै ललितपुर जिल्लामा ४ हजार ८ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।

काठमाडौँमा ४ हजार ६ सय ७४, मकवानपुरमा १ हजार ८ सय १०, भक्तपुरमा ७ सय १३, चितवनमा ४ सय २९ र धादिङमा ३ सय ९९ जना डेङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।