
कैलाली, ११ असोज । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव भएपछि उपचारमा कठिनाई भएको छ । दैनिक बिरामीको चाप बढ्न थालेपछि अस्पतालमा शय्याको अभाव हुन थालेको र यसले गर्दा उपचारमा समस्या आएको अस्पतालको भनाइ छ । ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।
मौसम परिवर्तन भएसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । ‘हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् । बिरामीको चापलाई अहिलेको शय्या सङ्ख्याले थेग्न सक्ने अवस्था छैन’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने, ‘प्रदेश सरकारसँग एक सय एक शय्याको अस्पताल बनाउनको लागि प्रस्ताव पेस गरेका छौँ । त्यसको कार्यान्वयन छिटो हुन सकेन भने अस्पतालको सेवा नै प्रभावित हुनसक्ने देखिएको छ ।’
अस्पतालमा कञ्चनपुरदेखि सुर्खेतसम्मका बिरामी उपचारको लागि आउने गरेका छन् । अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएपछि निजी अस्पताल भन्दा सस्तोमा उपचार हुने भएपछि अस्पतालमा टाढाका बिरामी पनि अस्पताल पुग्ने गरेको अध्यक्ष सोडारी बताउँछन् ।
‘अस्पतालको जनशक्ति व्यवस्थापनदेखि भौतिक संरचना निर्माणसम्ममा प्रदेश सरकारले सहयोग गर्दै आएको छ तर, अस्पतालको क्षमता बढाउने कुरामा भने प्रदेशले कन्जुस्याइँ गरेको जस्तो लाग्छ’, अध्यक्ष सोडारीले भने, ‘अहिले अस्पतालमा शय्याको अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।’
ल्याप्रोसकोपी सेवा, फिजिसियन, स्त्रीरोग सेवा, बालरोग विषेशज्ञ सेवा, हाडजोर्नी विशेषज्ञ सेवा लगातका सेवा अस्पतालमा भएपछि टीकापुर बाहिर नेपालगञ्ज, धनगढीसम्म उपचारका लागि पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । टीकापुरमै उपचार पाइन थालेपछि चर्को एम्बुलेन्स खर्च, त्यहाँको बसाइँ खर्च बचेको अस्पतालमा उपचारका लागि आएका विक्रम चौधरीले बताए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




