५४ कोरोना सङ्क्रमित थपिए, ७६ डि‍स्चार्ज

-



     सफल आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ८२९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजार ७२९ जनाको पीसीआर गर्दा ४२ जनामा तथा २ हजार १ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ७६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैले ज्यान गुमाएका छैनन् । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १४४ मा झरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएकाहरुको तथ्याङ्क प्राप्त भएको छैन । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।