२२ कोरोना सङ्क्रमित थपिए, २३ जना डिस्चार्ज

-



     सफल आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ७६१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

१ हजार ३ सय जनाको पीसीआर गर्दा २० जनामा तथा ४६१ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ७० मा झरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा १९ हजार ४६१ जनाले कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।