नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



पोखरा, ३० असोज । पाेखरामा प्याराग्लाइडिङ खेल खेल्दै गर्दा एक खेलाडीकाे मृत्यु भएकाे छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी भएका त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाकाे मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

क्रस कन्ट्री प्याराग्लाईडिङ गरिरहेकाे बेला थापा सारङकोटमा खसेका हुन् । उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङमा उडेका थिए ।

थापा उडान भर्ने सारङकोटबाट उड्ने बित्तिकै लगभग १०० मिटरमाथिबाट खसेका थिए । घाइते थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएकाेमा चिकित्सकले उनकाे मृत्यु भएकाे बताएका थिए ।