जयरानीले जितिन् चौथो स्वर्ण

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित



पोखरा, २ कात्तिक । त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आज चौथो स्वर्ण पदक जितेकी छिन् । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदमा थारुले चौथो स्वर्ण जितेकी हुन् ।

थारुले यसअघि प्रतिस्पर्धा गरेका ३ वटै इभेन्टमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । आज पोखरा रंगशालमा ४ गुणा १०० मिटर रिलेमा जयरानी सहितको आर्मी टिमले स्वर्ण जितेपछि थारुको स्वर्ण ४ पुगेको हो ।

महिला रिलेमा आर्मीकी जयरानी थारु, रमिता थारू, सरस्वती चौधरी र निर्मला थापा रहेको आर्मी टोलीले ४९.६० सेकेन्डको समयमा दूरी पूरा गरेर स्वर्ण पदक हात पारेको हो । थारुले झैं रिलेमा सहभागी ओलम्पियन सरस्वती चौधरीले यसअघि १ सय मिटर महिलामा स्वर्ण जितिसकेकी छिन् । सरस्वतीको यो सहित दोस्रो स्वर्ण भएको छ ।