टी२० विश्वकप: भारतलाई पाकिस्तानको १६० रनको विजय लक्ष्य

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । अस्ट्रेलियामा भइरहेको टी२० विश्वकपमा पाकिस्तानले भारतसामु १६० रनको विजयलक्ष्य प्रस्तुत गरेको छ । समूह २ को प्रतिस्पर्धामा भारतले टस जितेर फिल्डिङ रोजेको थियो ।

ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनाएको हो । पाकिस्तानका लागि इफ्तिखर अहमदले ५१ रन बनाए । यसैगरी शान मसूदले ५२ रनको अविजित पारी खेले ।

कप्तान बाबर आजम अर्शदीप सिंको बलमा डक आउट भए भने मोहम्मद रिजवानले ४, शदाब खानले ५, हैदर अली र आसिफ अलीले समान २-२ तथा मोहम्मद नवाजले ९ रन मात्र जोड्न सके । आठौं नम्बरमा ब्याटिङ गर्न आएका शाहीन शाह अफ्रिदीले १ छक्का र १ चौकाको मद्दतले १६ रन बनाएर सम्मानजनक विजयलक्ष्य बनाउन योगदान गरे । ह्यारिश रौफले अविजित ६ रन बनाए ।

बलिङतर्फ भारतका अर्शदीप सिंले ३, हार्दिक पाण्ड्याले ३ तथा भुवनेश्वर कुमार र मोहम्मद शामीले समान १-१ विकेट लिए । केही बेरको इनिङ्स ब्रेकपछि १६० रनको विजयलक्ष्य भेट्न भारतले जवाफी ब्याटिङ थाल्नेछ ।