पाकिस्तानद्वारा दक्षिण अफ्रिकासमक्ष १८६ रनको लक्ष्य प्रस्तुत

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ कात्तिक । अस्ट्रेलियामा जारी टी-२० विश्वकप अन्तर्गत आजको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकासमक्ष १८६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउँदै १८५ रन बनायो । पाकिस्तानका लागि इफ्तिखर अहमदले ५१ र शदाब खानले ५२ रनको योगदान दिए । त्यसैगरी मोहमद ह्यारिश र मोहमद नवाजले समान २८-२८ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका एन्रिच नोर्ट्जेले ४ तथा वायन पार्नल, कगिसो रबाडा, लुङ्गी एङगिडी तथा तब्रेज शाम्सीले समान १-१ विकेट लिए । १८६ रनको विजय लक्ष्य लिएर दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ शुरु गरिसकेको छ । ताजा अवस्थामा दक्षिण अफ्रिकाले ३ ओभरमा २ विकेट गुमाउँदै १६ रन बनाएर खेलिरहेको छ ।