आयरल्याण्डले पायो १८६ रनको विजय लक्ष्य

-



     सफल आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ कात्तिक । अस्ट्रेलियामा जारी टी-२० विश्वकप अन्तर्गत समूह १ को आजको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई १८६ रनको विजय लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो । न्युजिल्याण्डका लागि केन विलियम्सनले सर्वाधिक ६१ रन बनाए । फिन एलेनले ३१ र डेभन कनवेले २३ रनको योगदान दिए । ड्यारिल मिचेलले अविजित ३१ रन बनाए ।

बलिङतर्फ आयरल्याण्डका जश लिटलले १९ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमश: केन विलियम्सन, जेम्स नीशम र मिचेल सान्टनरलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । ड्यारेथ डेलनीले २ तथा मार्क अडायरले १ विकेट लिए । १८६ रनको विजय लक्ष्य लिएर आयरल्याण्डले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

अंक तालिकामा न्युजिल्याण्ड ४ खेलमा २ मा जित र एक नतिजाविहीन रही ५ अंकका साथ शीर्षस्थानमा छ । यसैगरी आयरल्याण्ड ४ खेलमा १ मा जित र १ मा नतिजाविहीन रही ३ अंकका साथ समूह १ को पाँचौंं स्थानमा रहेको छ ।