बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

-



     सफल आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० कात्तिक । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान अस्ट्रेलियामा जारी टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज अस्ट्रेलियाको एडिलेड ओभलमा भएको खेलमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी रहँदै भेटाएर सेमि फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२, मोहम्मद ह्यारिशले ३१,  बाबर आजमले २५ तथा सान मसूदले अविजित २४ रनको योगदान दिए । बलिङतर्फ बंगलादेशका शाकीब अल हसन,  नसुम अहमद र इबादोत हुसेनले समान एक–एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका लागि नाजमुल हसन सान्टोले सर्वाधिक ५४,  सौम्य सरकारले २०,  लिटन दासले १० तथा अफिफ हुसेनले २४ अविजित रनको योगदान दिएका थिए । बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रिदीले ४ तथा शदाब खानले २ विकेट लिए ।