प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई दियो १५१ रनको लक्ष्य

-



     सफल आवाज    
     कार्तिक २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ कात्तिक । काठमाडौंमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५१ रनको विजय लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रन बनायो ।

कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले ५ छक्का र ४ चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन् । त्यसैगरी सुवास ऐरले २४ रन तथा हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी एक्लैले ४ विकेट लिए भने हेमन्त धामीले ३ विकेट लिए । त्यस्तै गजेन्द्र बोहोराले २ तथा मिलन बोहोराले १ विकेट झारे । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।