न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७९ मा प्रकाशित



काठमाडौँ, २३ कात्तिक । न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । २००९ यता फाइनलमा नपुगेको पाकिस्तानले आज न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै १३ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

जितका लागि न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। पाकिस्तानका लागि दुवै ओपनर मोहम्मद रिजवान र बाबर आजमले अर्धशतक बनाए । पहिलो विकेटका लागि ओपनर रिजवान र कप्तान बाबर अजामले उत्कृष्ट साझेदारी गर्दै क्रमश: ५७ र ५३ रन बनाए ।

अष्ट्रेलियाको सिड्नीमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ड्यारिल मिचेलले ५३ र जेम्स नीशम १६ ले रन बनाए । कप्तान केन विलियम्सनले ४६ र डेभन कनवेले २१ रनको योगदन दिए ।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ तथा मोहम्ममद नवाजले १ विकेट लिए । अब पाकिस्तानले उपाधिका लागि बिहीबार हुने भारत र इङल्याण्डको विजेतासँग खेल्ने छ ।