टी-२० विश्वकप फाइनल: उपाधिका लागि इङ्ल्याण्डलाई १३८ रन आवश्यक

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको फाइनल खेलमा पाकिस्तानले इङ्ल्याण्डसामु १३८ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो । पाकिस्तानका लागि सान मशुदले सर्वाधिक ३८ तथा कप्तान बाबर आजमले ३२ रनको योगदान दिए । यसैगरी शदाब खान २० रनमा आउट भए भने मोहम्मद रिजवानले १५ रनमात्र जोड्न सके ।

बलिङतर्फ इङ्ल्याडका साम कर्रनले ३ तथा आदिल रशिद र जोर्डनले समान २-२ विकेट हात पारे । बेन स्टोक्सले एक विकेट लिए । १३८ रनको विजय लक्ष्य लिएर इङ्ल्याण्डले जवाफी ब्याटिङ केही बेरमा शुरु गर्नेछ । यो उपाधि इङ्ल्याण्ड वा पाकिस्तान जुन टोलीले जिते पनि उक्त टोलीको लागि दोस्रो पटक हुनेछ ।