
काठमाडौं, २७ कात्तिक । अस्ट्रेलियामा जारी आईसीसी टी२० क्रिकेट विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ । मेलबर्नमा भएको फाइनल खेलमा पाकिस्तानले दिएको १३७ रनको विजय लक्ष्य १ ओभर बाँकी छँदै भेट्टाएर इङ्ल्याण्डले आईसीसी टी२० क्रिकेट विश्वकप २०२२ को उपाधि हात पारेको हो ।
इङ्ल्याण्डलाई उपाधि दिलाउने क्रममा बेन स्टोक्सले सर्वाधिक अविजित ५२ रनको महत्वपूर्ण योगदान गरे । उनले ४९ बलमा ५ चौका र १ छक्काको मद्दतले ५२ रन बनाए । जस बटलरले २६ तथा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अलिले १९ रनको रन बनाए । बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफले २ तथा शाहीन शाह अफ्रिदी, मोहम्मद वासिम तथा शदाब खानले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो । पाकिस्तानका लागि सान मशुदले सर्वाधिक ३८ तथा कप्तान बाबर आजमले ३२ रनको योगदान दिए । यसैगरी शदाब खान २० रनमा आउट भए भने मोहम्मद रिजवानले १५ रनमात्र जोड्न सके ।
बलिङतर्फ इङ्ल्याडका साम कर्रनले ३ तथा आदिल रशिद र जोर्डनले समान २-२ विकेट हात पारे । बेन स्टोक्सले एक विकेट लिए । यो उपाधि इङ्ल्याण्डले दोस्रो पटक जितेको हो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




