तेस्रो ओडीआई: नेपालले लियो युएईको ७ विकेट

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ मंसिर । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको  यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गरेको छ ।

नेपाल र युएईबीचको यो खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच  १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने  दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले २९ ओभरको समाप्तिमा युएईको ७ विकेट लिइसकेको छ । युएईले ३० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनाएर खेलिरहेको छ । हालसम्म युएईका लागि अलिशान सराफुले सर्वाधिक ३३ रन बनाएका छन् । यस्तै । रोहन मुस्तफाले २४ तथा मुहम्मद वासिमले ११ रनको योगदान दिएका छन् । बसिल हमिदले ८ रनमा आउट भएका छन् ।

नेपालका तर्फबाट गुल्शान झा र दिपेन्द्र ऐरीले समान २-२ तथा सोमपाल कामी, ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हाल पारेका छन् । हाल क्रिजमा अयाज खान र अहमद राजा खेलिरहेका छन् ।