विश्वकप फुटबल : उद्घाटन खेलमा आयोजक कतार २-0 ले पराजित, आज तीन खेल हुँदै

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



काठमाडौं ५ मंसरि । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार २–० गोलले पराजित भएको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले पराजित गर्दै इक्वेडरले पहिलो खेलकाे जित निकालेकाे हो ।

इक्वेडरका भ्यालेन्सियाले १६औं मिनेटमा पेनाल्टी सुटबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै खेलकाे ३१औं मिनेटमा थप १ गोल गरेर टिमलाई २–० गोलले अग्रता दिलाए ।

उनले गरेका दुइ गाेल नै विश्वकप फुटबल २०२२ काे पहिलो खेलमा गरेका जितका गाेल हुन् । पहिलाे हार आयोजक राष्ट्र कतारकाे भएकाे छ ।

सोमबार आज तीन खेल हुँदै

विश्वकप फुटबल २०२२ मा आज सोमबार तीन खेल हुँदैछन् । आज हुने पहिलो खेल इङ्ल्यान्ड र इरानबीच हुनेछ । समूह ‘ए’ को खेल सनेगल र नेदरल्यान्ड्बीच हुँदैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ । समूह ‘बी’ को अर्को खेल अमेरिका र वेल्सबीच राति १२ः४५ बजे हुनेछ ।