विश्वकप फुटबलः बेलायतद्वारा इरान ६ गोलले पराजित

-



     सफल आवाज    
     मंसिर ५ गते २०७९ मा प्रकाशित



दोहा, ५ मङ्सिर । आइतबारदेखि कतारमा प्रारम्भ भएको फिफा वल्र्डकप समूह ‘ख’अन्तर्गत आज बेलायत र इरानबीच भएको खेलमा बेलायत विजयी भएको छ ।

इरानलाई दुईका विरुद्ध ६ गोलले पाखा लगाउँदै बेलायत विजयी भएको हो । जुड बेलिङघम र बुकायो साकाले बेलायतलाई पहिलो हाफमा दुई शून्यको अग्रता दिलाएका थिए ।

ह्यारी केनको पासमा रहिम स्टर्लिङले अर्को गोल गरेर इरानलाई स्तब्ध पारे । दोस्रो हाफमा मार्कस रासफोर्ड, बुकायो साका र ज्याक ग्रेलिसले एक एक गोलको योगदान गरे ।

बेलायतका खेलाडीले आफूहरुलाई डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टी प्रहारले इरानलाई लज्जास्पद पराजयबाट जोगायो । इरानका खेलाडी मेधी तरेमीले खेलको उत्तराद्र्धमा गरेको सफल पेनाल्टी प्रहार र अतिरिक्त समयमा गरेको अर्को गोलले इरान दुई गोलमा सीमित रह्यो ।