
काठमाडौं, १२ मङ्सिर । कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औँ मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरी सर्बिया खेलमा फर्कियो। अतिरिक्त समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे। त्यसको दुई मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल गर्दा सर्वियाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।
खेलको ५३औँ मिनेटमा अलेक्ज्यान्दर मित्रोभिचले गोल गर्दा सर्बियाले ३–१ को अग्रता बढायो । तीन मिनेटको अन्तरमा दुई गोल फर्काउँदै क्यामरुनले ६६औँ मिनेटमा खेल बराबरीमा ल्यायो । खेलको ६३औँ मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औँ मिनेटमा चुपो मोटिङले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।
यस समूहमा ब्राजिल र स्वीटजरल्यान्डको समान ३–३ अङ्क छ । सर्बिया र क्यामरुनले बराबरीका साथ १–१ अङ्क बाँड्दै खाता खोलेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




