विश्वकपमा आज ४ खेल हुँदै

-



     सफल आवाज    
     मंसिर १५ गते २०७९ मा प्रकाशित



कतार, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज ४ वटा खेलहरु हुनेछन् । यी ४ खेलमध्ये समूह ‘ई’ र समूह ‘एफ’ का २-२ खेल रहेका छन । 

समूह एफ का शुरुश्वाती २ खेलमा क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुँदै छ । यो समूहमा क्रोएसिया र मोरक्को समान ४-४ अंकसहित शीर्ष दुई स्थानमा छन् । त्यसपछि बेल्जियम ३ अंकसहित तेस्रो नम्बरमा छ । क्यानडा हालसम्म अंकविहीन छ । समूह एफका २ खेलहरु नेपाली समय अनुसार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ ।

यसैगरी आजै हुने अन्य २ खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । समूह ई का यी २ खेल भने नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ । यी २ खेलबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।

समूह ई मा स्पेन ४ अंक सहित शीर्ष स्थानमा छ । यस्तै जापान र कोस्टारिकाले समान ३-३ अंक बनाएका छन् । जर्मनीको हालसम्म १ अंक मात्र छ ।