टीभीएस रोनिनलाई मोटरसाइकल अफ दि इयर २०२२ अवार्ड

-



     सफल आवाज    
     मंसिर १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । काठमाडौं । टीभीएसले केही समय अघि सार्वजनिक गरेको रोनिन मोडलले मोटरसाइकल अफ दि इयर अवार्ड प्राप्त गरेको छ । टीभीएस रोनिन कम्पनीले मोटर्सले केही समय अगाडि मात्र सार्वजनिक गरेको मोटरसाइकल हो ।

कम्पनीले गत जुलाईमा सार्वजनिक गरेको मोर्डन रेट्रो डिजाइनमा रहेको यो मोटरसाइकलले छोटो समयमा नै राम्रो चर्चा पाइरहेको छ । टीभीएस रोनिनको सिधा प्रतिस्पर्धा रोयल इनफिल्ड हन्टर ३५० सँग रहेको छ ।

टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले दशैंमा नै नेपाली बजारमा भित्र्याउन खोजेको यो मोटरसाइकल आयात प्रतिबन्धका कारण नेपाल आउन सकेको छैन ।

प्राविधिक हिसाबले हेर्दा टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यसबाहेक ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत समावेश गरिएको छ ।

यसको अगाडिपट्टि गोलाकार एलईडी हेडल्याम्प रहेको छ र यसको बिचमा टी आकारको एलईडी डिआरएल राखिएको छ । यसमा क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।

यो मोटरसाइकलमा १७ इन्चको ह्वील, दुवै ह्वीलमा डिस्क ब्रेकका साथै एबीएस फिचर उपलब्ध छ । यसबाहेक राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्टार्ट फिचर समावेश भएको यो मोटरसाइकल पारखीहरुले निकै रुचाउने अपेक्षा गरिएको छ ।