सुदूरपश्चिमले जित्यो यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि

-



     सफल आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधि हात पारेको हो । उपाधि विजेता सुदूरपश्चिमले प्रतियोगिताका कुनै खेल पनि हारेको थिएन । ६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो ।

जितका लागि लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेटेको हो । सुदूरपश्चिमका दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन बनाए । गजेन्द्र बोहरा ३९ रनमा नट आउट रहे । बलिङतर्फ लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १-१ विकेट लिए ।

अलआउट भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका मिलन बोहराले ५ तथा हेमन्त धामी र नरेन साउदले समान २-२ र आकाश चन्दले १ विकेट लिए ।